गृहपृष्ठ घूससहित इन्जिनियर पक्राउ
घूससहित इन्जिनियर पक्राउ
सर्लाहीमा घूस रकमसहित एक इन्जिनियर पक्राउ परेका छन् ।
रामनगर गाउँपालिकामा कार्यरत इञ्जिनीयर रामजीबाबु यादव बिहिबार मलङ्वाको अशोका होटलबाट ५० हजार रूपैयाँ घूससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो । उपभोक्ता समितिका पदाधिकारीसँग रकम लिँदै गरेको अवस्थामा यादवलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।
प्रकाशित समय ०७:१९ बजे

















