गृहपृष्ठ आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

saun-newskarobar

साउन महिनाको पहिलो सोमबार बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको हो । बिहान ३ बजेदेखि नै पशुपतिका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहान ३ः३० बजेदेखि नै भक्तजन लाइनमा बसेका थिए ।

पशुपतिनाथमा अन्य पर्वमा जस्तै चार स्थानबाट लाइन लाग्ने व्यवस्था मिलाइएको छ । गौरीघाट-उमाकुण्ड-रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट पहिलो, दोस्रो लाईन मित्रपार्क-दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाइन जयबागेश्वरी-भुवनेश्वरी-शंकराचार्य मठ हुँदै पश्चिम मूलढोकाबाट र चौथो लाइन पिंगलास्थान-चार शिवालय-पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको हो ।

साउनको सोमबार भगवान् शिवको बार भएकाले शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । विवाहित महिलाले श्रीमानको दीर्घजीवनको कामना गर्छन् भने अविवाहिताले योग्य वरको कामना व्रत बस्ने चलन छ । यो वर्षको साउनमा ४ सोमबार परेको छ ।

अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भन्दै व्रत समापन गर्ने परम्परा छ ।

प्रकाशित समय १०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु