गृहपृष्ठ बिर्तामोडको हनुमान कम्प्लेक्समा आगलागी
बिर्तामोडको हनुमान कम्प्लेक्समा आगलागी
बिर्तामोडको हनुमान कम्प्लेक्समा आगलागी भएको छ । हनुमान कम्प्लेक्समा रहेको दिनेश पाठकको इआरकेई ब्रान्डको सो रुमबाट शनिबार राति आगलागी भएको हो ।
आगलागीबाट करिब २ करोड मूल्यबराबरको जुत्ता चप्पल तथा कपडामा क्षति पुगेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताए । ‘सो रुम बन्द गरेर गइसकेपछि आगलागी भएकाले विद्युत सर्टको अनुमान गरिएको छ,’ उनले भने, ‘खास कारण थाहा हुन सकेको छैन ।’ सोरुम कम्प्लेक्सको भुइँ तलामा छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
प्रकाशित समय २१:०७ बजे

















