गृहपृष्ठ मनि ट्रान्सफरको रकम चोरी गर्ने पक्राउ

मनि ट्रान्सफरको रकम चोरी गर्ने पक्राउ

pakrau-arrest-newskarobar

मनि ट्रान्सफरको रकम चौरी गर्ने दुई जनालाई धनुषा प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्ला शहीद नगरपालिका– ३ गोठकुहाका ११ वर्षीय गोविन्द यादव र सोही वडाका २८ वर्षीय रामुु यादव रहेका छन् । पक्राउ परेका यादवले यदुकोहास्थित पारस मनि ट्रान्सफरको सटरको ताल्चा फुटाइ टेबुलको घर्राबाट तीन लाख ३९ हजार ५०० रुपैयाँ चोरी गरेको जनाइएको छ ।

रकमसहित शंकास्पदरुपमा हिँडिरहेको अवस्थामा गोविन्द यादवलाई गस्ती टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रकमसहित पक्राउ परेका गोविन्दलाई इलाका प्रहरी कार्यालय यदुकोहाबाट चोरी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान कार्य शुरू गरिएको छ ।

त्यस्तै अनुसन्धानका क्रममा सोही घटनामा शंकास्पद देखिएका रामु यादवसमेतलाई नियन्यणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।(रासस)

प्रकाशित समय ०७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु