गृहपृष्ठ जनै पूर्णिमामा प्रदेश २ मा सार्वजनिक बिदा

जनै पूर्णिमामा प्रदेश २ मा सार्वजनिक बिदा

Janai Purnima NewsKarobar फाइल तस्बिर

प्रदेश २ सरकारले जनै पूर्णिमा अर्थात रक्षाबन्धन पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । बुधबार बसेको प्रदेश २ सरकारको मन्त्रिपरिषद बैठकले बिहीबार साउन ३० गते रक्षाबन्धन पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश २ लगायत तराई मधेस क्षेत्रमा भाइबहिनीको स्नेहको प्रतीकको रुपमा दिदीबहिनीले दाइभाइका घर पुगेर राखी बाँध्दै मिठो खानेकुरा दिँदै दीर्घायुको कामना गर्ने गर्छन् । दाइभाइहरुले पनि दिदीबहिनीलाई विभिन्न उपहार दिने चलन छ ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले जनै पूर्णिमा अर्थात् रक्षाबन्धनको अवसरमा प्रदेश, देश तथा विदेशमा बस्ने सम्पूर्ण हिन्दू धर्मालवम्बीमा शुभकामनासमेत व्यक्त गरेका छन् । रक्षाबन्धन पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख शान्ति र समृद्धि छाउने भएकाले भाइचाराको महत्वपूर्ण पर्व रक्षाबन्धन हर्षोल्लासपूर्वक मनाउन सार्वजनिक बिदा दिइएको उनले विज्ञप्तिमार्फत जानकारी गराएका छन्

janaipurnima-newskarobar

प्रकाशित समय १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु