गृहपृष्ठ पानी छोएको निहुँमा लक्षिमालाई कुटपिट गर्ने पक्राउ

पानी छोएको निहुँमा लक्षिमालाई कुटपिट गर्ने पक्राउ

pakrau-arrest-newskarobar

गत वैशाख ११ गते धारामा पानी छोएको निहुँमा नारायण नगरपालिका १० की ३५ वर्षीया लक्षिमा दमाईलाई कुटपिट गर्ने पक्राउ परेकी छन् । लक्षिमालाई कुटपिट गर्ने दैलेखको नारायण नगरपालिका–१०, भवानीकी २५ वर्षीया राजकुमारी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

दैलेखबाट सुर्खेत आई आफन्तको घरमा लुकेर बसेकी न्यौपानेलाई सुराकीका आधारमा दैलेखबाट गएको प्रहरी टोलीले शनिबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । वैशाख १२ गते जातीय विभेदविरुद्धको जाहेरी दिएकी लक्षिमालाई कुटपिट गरेकी न्यौपाने त्यसपछि फरार थिइन् ।

प्रकाशित समय १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु