गृहपृष्ठ मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपास
मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपास
मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको छ | साथै भारतको उत्तर-पूर्वी राजस्थान तथा हरियाणातिर निम्न चापीय प्रणाली अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |
हिजोआज देशका अधिकांश स्थानमा सामान्य बदली रही पूर्व र पश्चिमका एक-दुई स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।
आइतबार दिउँसो देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा र पूर्वी र मध्य क्षेत्रका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी तथा पूर्वी भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ महाशाखाको छ ।
महाशाखाका अनुसार आइतबार राति देशका अधिकांश स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
भदौ २ र ३ गते पनि देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।
यो समयमा देशका केही स्थानमा मेघगर्जन/चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकाले पहाडी भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित समय १०:३५ बजे

















