गृहपृष्ठ अर्चलेमा घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु
अर्चलेमा घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु
सांकेतिक तस्बिर
नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ । स्थानीय १७ वर्षीया रचना भट्टको मृत्यु भएको सोही वडाका वडाध्यक्ष नरहरि भट्टले जानकारी दिए ।
उनका अनुसार आमासँग घरछेउको बारीमा घाँस काट्न गएका बेला किशोरी लडेकी थिइन् । उनमा बौद्धिक अपाङ्गतासमेत भएकाले घटनालगत्तै हारगुहार माग्न नसकेको र अत्यधिक रक्तश्राव भएकाले मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । (रासस)
प्रकाशित समय ११:३१ बजे

















