गृहपृष्ठ जनकपुर अञ्चल अस्पतालमा अख्तियारको छापा

जनकपुर अञ्चल अस्पतालमा अख्तियारको छापा

akhtiyar-newskarobar

जनकपुर अञ्चल अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ । बर्दिवासस्थित कार्यालयबाट आएको अख्तियारको टोलीले मंगलबार जनकपुर अञ्चल अस्पतालमा छापा हानेको हो ।

अख्तियारका बर्दिवास कार्यालयका प्रवक्ता हरिप्रसाद शर्माले कार्यालयमा परेको उजुरीको आधारमा अख्तियारको टोली अनुगमनका लागि अस्पताल पुगेको जानकारी दिए । टोलीले मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादव, डा. जामुन सिंह, डा. कुलदिप पण्डित, लेखा अधिकृतलगायतका कर्मचारीसँग झण्डै तीन घण्टा सोधपुछ गरेको छ । अख्तियारको टोली अस्पतालको स्टोर शाखामा पुगेरसमेत जानकारी लिएको थियो ।

अस्पतालका महँगा उपरकरणका साथै टेबल, कुर्सीलगायतका फर्निचर खरिदमा अनियमितता भएको भन्दै दर्ता भएको उजुरीको आधारमा अख्तियारले छापा मारेको हो । अख्तियारको टोलीले छानबिनका लागि अस्पतालबाट केही फाइलसमेत नियन्त्रणमा लिएको छ ।

अस्पतालमा नियमविपरीत कर्मचारी भर्ना गरिएको भन्दै पटक पटक विरोध भएको थियो । नियमविपरीत भर्ना गरिएका कर्मचारी हटाउन प्रदेश सरकारले निर्देशनसमेत दिएको थियो ।

प्रकाशित समय १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु