गृहपृष्ठ चिनले लन्च गर्यो शक्तिशाली मिसाइल डिएफ-४१
चिनले लन्च गर्यो शक्तिशाली मिसाइल डिएफ-४१
चिनले आज विश्वकै शक्तिशाली मानिएको मिसाइल डिएफ-४१ लन्च गरेको छ । यो अन्तर-महाद्वीपीय मिसाइलको रेन्ज १५ हजार किलोमिटर रहेको जनाइएको छ । यो हालसम्मको सर्वाधिक रेन्ज हो । यसले ३० मिनेटमै अमेरिकालाई आफ्नो निसाना बनाउन सक्छ ।
सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिजको मिसाइल डिफेन्स प्रोजेक्टका अनुसार यस परमाणु मिसाइलमार्फत एकपटम १० अलग-अलग निसाना लगाउन सकिन्छ । चिनमा कम्युनिस्ट शासनको ७० औं वर्षगाँठको अवसरमा मंगलबार नेसनल डे परेडको समयमा यसलाई प्रस्तुत गरिएको थियो । १९४९ मा चिन गणराज्य स्थापना भएको थियो । यसै कार्यक्रममा डिएफ-४१ मिसाइलसँगै कयौं नवीन सैन्य उपकरण पनि प्रदर्शन गरिए ।
भारतीय अनलाइन दैनिक भास्करका अनुसार नेसनल डे परेडमा चिनले पारम्परिक ड्रोनका साथै पानीभित्र काम गर्ने वाहन र अत्यन्त शीघ्रगामी ड्रोन डिआर-८ प्रदर्शन गरियो । यो ड्रोनको वेग ध्वनिभन्दा पाँच गुना शीघ्र छ । चिनसँग विश्वकै विशाल सेना छ । उससँग तेस्रो ठुलो वायुसेना पनि छ ।
चिनले यस अवसरमा विश्वसामु शक्ति परीक्षण पनि गर्यो । परेडमा करिब १५ हजार युवाले अनुशासनको परिचय दिए । करिब १६० हेलिकप्टर परेडमा समिल गरिएका थिए । हेलिकप्टरमार्फत आकाशमा चिनियाँ झन्डा लहराइयो । कार्यक्रममा एक लाखभन्दा बढी कलाकार सहभागी थिए । यीबाहेक भारी मात्रामा ट्यांक र अन्य हतियार पनि प्रदर्शन गरिए ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले तियानमेन चोकमा उद्घाटन भाषणमा भने, ‘कसैले पनि चिनियाँ नागरिकहरूलाई बलपूर्वक रोक्न सक्दैन र चिन तीव्र गतिमा अघि बढ्दै छ ।’ चिनका सर्वोच्च नेताका रूपमा चौथोपटक जिनपिङले यस परेडको प्रतिनिधित्व गर्दै थिए ।
प्रकाशित समय १५:३७ बजे

















