गृहपृष्ठ प्रहरी भ्यान र मोटरसाइकल जुध्दा एकको मृत्यु

प्रहरी भ्यान र मोटरसाइकल जुध्दा एकको मृत्यु

फाइल तस्बिर

जनकपुरमा प्रहरीको भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर एक जना गम्भीर घाइते भएका छन् । प्रहरीको भ्यानमा मोटरसाइकल ठोकिएर मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका-२ घर भई हाल जनकपुर उपमहानगरपालिका-४ आनन्दनगर बस्ने १९ वर्षका मनीष मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सरसफाइ कार्यक्रम गरेर फर्किंदै गरेको प्रदेश २ प्रहरी गणको ना१ग ४७९ नम्बरको प्रहरी भ्यानमा तीव्र गतिमा आउँदै गरेको अनटेस्ट २२० सिसी पल्सर मोटरसाइकल जनकपुरका रामचोकमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् । दुर्घटनामा मोटरसाइकल चालक मण्डलको घटनास्थलमै मृत्यु भएको छ भने नजुर अन्सारी घाइते भएका छन् । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जनाइएको छ । तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रत भएर प्रहरीको भ्यानमा ठोक्किको स्थानीयले बताएका छन् ।

मृतक मण्डलको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । यता जिल्ला प्रहरी कार्यालयले प्रहरीको भ्यान चालक प्रहरी जवान सन्तबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहरको प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।

प्रकाशित समय १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु