गृहपृष्ठ धनुषामा डेढ किलो चाँदीसहित एक जना पक्राउ
धनुषामा डेढ किलो चाँदीसहित एक जना पक्राउ
धनुषा प्रहरीले अवैध चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको नगराइन नगरपालिका ४ फुलगामा बस्ने २८ वर्षीय जितेन्द्र ठाकुर रहेको प्रहरीले जनाएको छ ।
भारतीय सीमा क्षेत्रमा स. २ प ६६३० नम्बरको मोटरसाइकल चढेर भारततर्फ गइरहेका ठाकुरलाई शंका लागेर जाँच गर्दा साथमा अवैध चाँदी फेला परेको हो । ठाकुरको साथबाट १ किलो ४ सय ग्राम चाँदी बरामद भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
पक्राउ परेका ठाकुरलाई जनकपुर भन्सार कार्यालय पठाइएको छ । पाँच दिनयता प्रहरीले ठाकुरसहित अन्य चार जनालाई चाँदीसहित पक्राउ गरिसकेको छ ।
प्रकाशित समय १९:३४ बजे

















