गृहपृष्ठ दसैंका लागि १० दिनमै बाहिरिए १२ लाख यात्रु (फोटो फिचर)
दसैंका लागि १० दिनमै बाहिरिए १२ लाख यात्रु (फोटो फिचर)
नवरात्रको चौथो दिन बुधबार दसैंका लागि घर जान कोटेश्वर पुगेका यात्रु । कोटेश्वरबाट लामो दूरीका यात्रु बस छुट्ने गर्छन् । असोज ५ गतेयताका १० दिनमा काठमाडौंबाट करिब १२ लाख मानिस बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चार दिनयता यात्रु बाहिरिने क्रमले तीव्रता पाएको बताए । रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीहरू पनि दसैं मनाउन फर्किएका छन् ।
प्रकाशित समय ०६:३५ बजे

























