गृहपृष्ठ अर्थमन्त्री खतिवडा भारत प्रस्थान
अर्थमन्त्री खतिवडा भारत प्रस्थान
फाइल तस्बिर
अर्थमन्त्री डा. युवराज खतिवडा अक्टोवर ३ र ४ (असोज १६ र १७ गते) भारतको नयाँ दिल्लीमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
सो कार्यक्रममा अर्थमन्त्री खतिवडाले दक्षिण एशियाको आर्थिक परिदृश्य विषयमा अतिथि वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । साथै, उनले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, लगानीको वातावरण र राजस्व क्षेत्रमा भएका सुधार लगायतका विषयमा समेत सहभागीहरुलाई जानकारी गराउनेछन् ।
उनले विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्डसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम पनि तय भएको बताइएको छ । यसका साथै विश्वका आर्थिक क्षेत्रका नेताहरुसँग अर्थमन्त्री खतिवडाले भेटघाट गर्नेछन् ।
भ्रमणका अवसरमा अर्थमन्त्री डा. खतिवडा र भारतीय समकक्षी अर्थमन्त्री निर्मला सिथारमणबीच भारतको अर्थ मन्त्रालयमा द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ । भेटमा पछिल्लो आर्थिक स्थिति, नेपाल–भारत सम्बन्ध, भारतले नेपालमा सहयोग गरेका आयोजनाको अवस्थालगायत समसामयिक विषयमा छलफल हुने अर्थमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
प्रकाशित समय १८:०४ बजे

















