गृहपृष्ठ चट्याङ लागेर मकवानपुरमा दुईजनाको मृत्यु
चट्याङ लागेर मकवानपुरमा दुईजनाको मृत्यु
मकवानपुर– मकवानपुरको बकैया गाउँपालिका–९, च्याउँच्याउँमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । चट्याङ लागेर ५५ वर्षीया छलिमाया थिङ र १५ महिने शिशु देवबहादुर थिङको मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारका लागि हेटौंडा लैजाने क्रममा मृत्यु भएको हो । चट्याङ लागेर २२ वर्षीया विमला थिङ, दुई वर्षीया निष्मा भोलन, पाँच वर्षीय निमेष भोलन र ६ वर्षीया रञ्जु थिङ घाइते भएका छन् । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घरमा बसिरहेको अवस्थामा उनीहरूलार्इ चट्याङ लागेको हो ।
प्रकाशित समय १०:५१ बजे

















