गृहपृष्ठ सडक नबनाउने ठेकेदार धमाधम पक्राउ

सडक नबनाउने ठेकेदार धमाधम पक्राउ

hatkadi_newskarobar सांकेतिक फाेटाे

जुम्ला- सरकारले विभिन्न आयोजना जिम्मा लिएर समयमा काम नगर्ने निर्माण व्यवसायीलार्इ धमाधम पक्राउ गर्न थालेको छ । नाग्म–गमगढी राजमार्ग स्तरवृद्धिको ठेक्का पाएका निर्माण व्यवसायी बरमजंग बमलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रश्मी निर्माण सेवा कालिकोटका प्रोपाइटर बमलाई जिल्ला प्रशासन कार्यालय मुगुको निर्देशनमा जुम्ला प्रहरीले पक्राउ गरेको हो ।

काम सम्पन्न नगरी अलपत्र अवस्थामा पारेर चरम लापरवाही गरेको देखिएकाले सोधपुछ गर्न जुम्लाबाट नियन्त्रणमा लिइएको मुगु प्रशासनले जनाएको छ । सरकारले आयोजना जिम्मा लिएर काममा लापर्बाही गर्ने र समयमा सम्पन्न नगर्ने ठेकेदारलार्इ नछाड्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पटक–पटक बताउँदै आएका छन् । त्यस्ता ठेकेदारलार्इ कारबाही अघि बढाउन गृहले सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिसकेको छ ।

गृहको निर्देशनअनुसार बाँके, रूपन्देही, अर्घाखाँची, ओखलढुंगालगायत जिल्लाका ठेकेदार कारबाहीमा परिसकेका छन् ।

प्रकाशित समय ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु