गृहपृष्ठ सिभिल बैंकले १०. २५ प्रतिशत बोनस सेयर दिने
सिभिल बैंकले १०. २५ प्रतिशत बोनस सेयर दिने
काठमाडाैं- सिभिल बैंकले सेयर लगानीकर्ताले १०. २५ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ ।
कम्पनीले गत आवको नाफाबाट सो बराबरको बोनस प्रदान गर्ने भएको हो ।
बोनसपछि कम्पनीको चुक्ता पुँजी ८ अर्ब पुग्नेछ। हाल ७ अर्ब २५ करोड ९३ लाख चुक्ता पुँजी रहेको छ । साथै बैंकले कर प्रयोजनका लागि ०. ५४ प्रतिशत नगद लाभांश पनि प्रदान गर्नेछ। बैंकको सोमबार बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रकाशित समय ०८:१० बजे

















