गृहपृष्ठ बैतडीमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु
बैतडीमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु
महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ-गोकुलेश्वर सडकखण्डस्थित सिन्केलेकमा ट्रक दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।
धनगढीबाट दार्चुलातर्फ गइरहेको से१ख १९२३ नम्वरको ग्यास बोकेको ट्रक बिहीबार बिहान सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो । मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीको टोली अहिले घटनास्थलतर्फ परिचालित भएको बताइएको छ ।
प्रकाशित समय ०८:५३ बजे

















