गृहपृष्ठ च्याम्पियन्स लिगमा लिभरपुलको शानदार जित
च्याम्पियन्स लिगमा लिभरपुलको शानदार जित
इंग्लिस साइड क्लब लिभरपुलले च्याम्पियन्स लिगमा बेल्जियन प्रतिद्वन्द्वी जिन्कमाथि फराकिलो जित दर्ता गरेको छ ।
लुमिनस एरिना जिन्कमा बुधबार राति भएको खेलमा लिभरपुलले घरेलु टोलीलाई ४-१ गोलले स्तब्ध बनाएको हो । लिभरपुलको जितमा ओक्सलेड चेम्वरलेनले दुई तथा साडियो माने र मोहम्मद सलाहले एक-एक गोल गरे । जिन्कका स्टेफन ओडेले सान्त्वना गोल फर्काए । दोस्रो मिनेटमा नै चेम्वरलेनले गोलको खाता खोले ।
५७औं मिनेटमा लिभरपुलले अग्रता दोब्बर पार्यो । चेम्वरलेनले व्यक्तिगत दोस्रो गोल गरे । ७७औं मिनेटमा साडियो मानेले गोल गरे । ८७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ४-० को अग्रता दिलाए । त्यसको एक मिनेटपछि ओडेले गोल गरेपनि जिन्क खेलमा फर्किन सकेन । जितसँगै समूह ‘ई’ मा लिभरपुल ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।
प्रकाशित समय ०८:४३ बजे

















