गृहपृष्ठ मोटरसाइकल र स्कुटर जुँध्दा एक जनाको मृत्यु
मोटरसाइकल र स्कुटर जुँध्दा एक जनाको मृत्यु
मोरङको सुन्दरहरैचा नगरपालिका-९ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
मंगलबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२९प२७८४ नम्बरको मोटरसाईकल र विपरीत दिशातर्फ आउँदै गरेको को३२प८७५० नम्बरको स्कुटर आपसमा ठोक्किँदा मोटरसाइकल चालक झापा मेचीनगर नगरपालिका-१२ बस्ने १८ वर्षीय एलिस भारतीको ज्यान गएको हो । भारतीको विराटनगरस्थित नोवेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १२:०८ बजे

















