गृहपृष्ठ पार्कर दिनेश सुनारको तेस्रो विश्व कीर्तिमान

पार्कर दिनेश सुनारको तेस्रो विश्व कीर्तिमान

dinesh-sunar-newskarobar

नेपालको पहिलो अन्तर्राष्ट्रिय पार्कर खेलाडी दिनेश सुनारले पार्कर खेलमा तेस्रोपटक विश्व रेकर्ड कायम राखेका छन् । पार्कर तथा जिम्न्यास्टिक खेलाडी सुनारले ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ अ वाल’ मा विश्व रेकर्ड बनाएका हुन् ।

खोटाङको हलेसीमा जन्मिएका सुनार १५ वर्षदेखि पार्कर खेलमा लागेका छन् । उनले अमेरिकामा वर्ल्ड फ्रिरनिङ एन्ड पार्कर फेडरेसनले आयोजना गरेको विश्व पार्कर कप २०१८ मा पहिलो पटक नेपालको प्रतिनिधित्व गरेका थिए ।

त्यस्तै सन् २०१८ मा अमेरिकाको फ्लोरिडामा भएको यूएसए पार्कर कममा भाग लिने उनी पहिलो अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनी वर्ल्ड फ्रिरनर पार्कर फेडरेसनबाट मान्यताप्राप्त पहिलो नेपाली पार्कर प्रशिक्षक पनि हुन् ।

प्रकाशित समय १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु