गृहपृष्ठ कोशीमा एक युवाको शंकास्पद मृत्यु 

कोशीमा एक युवाको शंकास्पद मृत्यु 

सुनसरी-  सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुरमा रहेको कोशी नदीको कटानको पानीमा नुहाउने क्रममा बिहीबार एकजना युवाको शंकास्पद मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोशी गाउँपालिका–३ पश्चिमकुशाहाका २३ वर्षीय सञ्जीव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटहरी उपमहानगरपालिकामा रहेको एक ग्यारेजमा कार्य गर्दै आएका यादव बिहीबार चार दिनदेखि काम गर्न नगएको र बिहीबार एकाएक ग्यारेजमै काम गर्ने साथीहरुसँग नुहाउनका लागि गएको बेला उनको मृत्यु भएको हो ।

यता मृतकका बाबु रामचन्द्र यादवले व्यक्तिगत रिसइबीका कारण आफ्नो छोराको हत्या भएको आरोप लगाएका छन् ।

इटहरी–७ का भरत पराजुली र विकी ओझासहितको को ७ प २३०२ र को ३७ प ७७३१ नम्बरको मोटरसाइकलमा आएका ग्यारेजमा काम गर्ने साथीहरुले मृतक यादवलाई नुहाउन संगै लगेका थिए ।

पराजुलीले यादवको पानीमा डुबेर ज्यान गएको र शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको बताएका छन् ।

घटना शंकास्पद भएकाले चारैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल, इनरुवामा राखिएको छ ।

-रासस

प्रकाशित समय १०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु