गृहपृष्ठ भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुने

भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुने

नयाँ दिल्ली-  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबार चीन भ्रमणमा जाने भएका छन् ।

केही हप्ता अगाडी चीनको भ्रमण गरेका प्रधानमन्त्री माेदीले छोटो समयमै फेरी चीनको भ्रमणका क्रममा चिनीया राष्ट्रपति सि जिन पिङलाई भेट्ने भएका हुन् ।

त्यतिवेला उनीहरूबीच भएको भेटवार्ताका क्रममा सीमा सम्बन्धी विवाद समाधानका विषयमा नयाँ तरिकाले अगाडी बढ्ने समझदारी भएको थियो ।

विश्वमै चर्चित दुई देशका नेताहरुको भेटवार्ता चिनियाँ सहर चिङदाओमा हुन लागेको साङ्घाइ कोअप्रेसन अर्गनाईजेसनको अवसरमा हुने भएको हो ।

उनीहरूले दुई पक्षीय हित र आपसी सम्वन्धका बारेमा छलफल गर्नुहुने भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।
व्यापार, सुरक्षा, चीनको ‘बेल्ट एण्ड रोड इन्फ्राइस्टकचर प्रोजेक्ट’ लगायतका विषय सो दुई दिने सम्मेलनका मुख्य एजेण्डा रहेका छन् ।

-रासस / एएफपी

प्रकाशित समय १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु