गृहपृष्ठ करेन्ट लागेर मृत्यु भएपछि परिवारलाई क्षतिपूर्ति
करेन्ट लागेर मृत्यु भएपछि परिवारलाई क्षतिपूर्ति
संखुवासभाको सभापोखरी गाउँपालिका-६ मा करेन्ट लागेर मृत्यु भएका भूपाल विश्वकर्माको परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ ।
विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रले करेन्ट लागेर मृत्यु भएका सभापोखरी-६ का भूपाल विश्वकर्माको परिवारलाई ५ लाख १५ हजार क्षतिपूर्तिबापत उपलब्ध गराएको हो । यसअघि प्राधिकरणले किरिया खर्च बापत मृतक परिवारलाई १५ हजार रुपैयाँ उपलब्ध गराइसकेको छ । गत वैशाख १८ गते सभापोखरी गाउँपालिका-६ स्वाचीमा हाइभोल्टेज गएपछि करेन्ट लागेर विश्वकर्माको मृत्यु भएको थियो ।
उक्त घटनामा अन्य पाँचजना घाइते भएका थिए । करेन्टबाट घाइते भएकी तारा विश्वकर्मालाई ९ हजार ६८३ रुपैयाँ, भगवती विश्वकर्मालाई १३ हजार ५९७ रुपैयाँ, मञ्जु तिरुवालाई ६ हजार ७२५ रुपैयाँ, धनमान लिम्बूलाई ९ हजार रुपैयाँ र कुलबहादुर विश्वकर्मालाई ६ हजार ८२५ रुपैयाँ उपलब्ध गराएको केन्द्रका प्रमुख रामआशिस साहले जानकारी दिए ।
पीडितहरूलाई नेपाल विद्युत् प्राधिकरण विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली, २०७६ को विनियम १२ को आधारमा क्षतिपूर्ति उपलब्ध गराएको खाँदबारी वितरण केन्द्रले जनाएको छ । (रासस)
प्रकाशित समय ११:२८ बजे

















