गृहपृष्ठ रामजानकी विवाहका जन्तीलाई जनकपुरधाममा भव्य स्वागत (फोटो फिचर)
रामजानकी विवाहका जन्तीलाई जनकपुरधाममा भव्य स्वागत (फोटो फिचर)
रामजानकी विवाह पञ्चमीका लागि भारतको अयोध्याबाट आइपुगेकाे जन्तीलाई जनकपुरमा भव्य स्वागत गरिएकाे छ । विभिन्न मठमन्दिरका साधुसन्तसहित करिब ५ सय जन्ती बिहीबार जनकपुरधाम आइपुगेको हो ।
जनकपुरमा धनुषाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत जिल्लाका विशिष्ट व्यक्तिहरूले स्वागत गरेका थिए । त्रेता युगमा सीता स्वयंवरका बेला गुरु विश्वामित्रसंँग रामलक्ष्मण जुन बाटो भएर आएका थिए, त्यही बाटो जन्ती आउने गर्छन् । स्वागतका लागि ऐतिहासिक रंगभूमि मैदानलाई झकिझकाउ पारिएको छ । जन्तीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम छ ।
प्रकाशित समय १७:२७ बजे


























