गृहपृष्ठ महोत्तरीमा गाउँपालिकाका उम्मेदवारको घरमा बम विस्फोट

महोत्तरीमा गाउँपालिकाका उम्मेदवारको घरमा बम विस्फोट

bomb-bisfot सांकेतिक तस्बिर ।

महोत्तरीको पिपरा गाउँपालिकाका लागि नेकपाकाे तर्फबाट उम्मेदवार बनेका बिक्रम चौधरीको घरनजिकै बम विस्फोट भएको छ । केहीबेर अघि भएको विस्फोटबाट कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको छ ।

पिपरा- ३ स्थित घटनास्थलमा प्रहरी पुगिसकेकाे छ । प्रहरीका अनुसार घटनामा मानवीय क्षति भने भएकाे छैन । बम कसले विस्फोट गराएकाे हाे भन्ने खुलेकाे छैन । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे  छ ।

प्रकाशित समय १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु