गृहपृष्ठ घुस रकमसहित प्रहरी इन्स्पेक्टर पक्राउ

घुस रकमसहित प्रहरी इन्स्पेक्टर पक्राउ

ghus-newskarobar

घुस रकमसहित रंगेहात नेपाल प्रहरीका इन्सपेक्टरलाई जनकपुरबाट अख्तियार दुरुपपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । प्रहरी इन्सपेक्टर रामकिशोर साहलाई शुक्रबार अख्तियारको टोलीले ९० हजार घुस रकम लिँदै गर्दा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत इन्सपेक्टर साह घुस रकम लिन जनकपुर आएका बेला उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ बाट घुस रकम लिँदै गर्दा अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो । ठगीसम्बन्धी मुद्दामा सहयोग गरिदिने भन्दै उनी जनकपुर घुस रकम लिन आएको अख्तियारको बर्दिबासस्थित कार्यालयले जनाएको छ ।

यता, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयेजना कार्यान्वायन इकाई धनगढीका इन्जिनियर त्रिलोक जोशी दुई लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई पनि अख्तियार आयोगको कार्यालयबाट खटिएको टोलीले घुससहित रंगेहात पक्राउ गरेको हो ।

प्रकाशित समय १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु