गृहपृष्ठ महाकाली राजमार्गमा शंकास्पद वस्तु फेला
महाकाली राजमार्गमा शंकास्पद वस्तु फेला
दोगडाकेदार गाउँपालिका-५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राजमार्गमा बिहान साढे ११ बजे भेटिएको वस्तु स्टिलको बाल्टिनमा तार जोडेको अवस्थामा उक्त प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले राखेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । दोगडाकेदारको वडा नं ४, सुर्नया गाउँपालिकाको वडा नं १ र पुर्चौडी नगरपालिकाको वडा नं ४ मा उपनिर्वाचनका लागि मतदान भने जारी रहेको जनाइएको छ । (रासस)
प्रकाशित समय १२:५१ बजे

















