गृहपृष्ठ सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किदा ७ जनाको मृत्यु

सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किदा ७ जनाको मृत्यु

सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किदा ७ जनाको मृत्यु भएको छ ।

जिल्लाको हरिपुरमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एम्बुलेन्समा सवार सातैजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई रहेका छन् ।

प्रकाशित समय ०८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु