गृहपृष्ठ महोत्तरीमा उपनिर्वाचन : पिपरा गाउँपालिकामा राजपाको अग्रता

महोत्तरीमा उपनिर्वाचन : पिपरा गाउँपालिकामा राजपाको अग्रता

शनिबार भएको उपनिर्वाचनमा महोत्तरीको पिपरा गाउँपालिकामा राजपाकी रविताकुमारी चौधरीले अग्रता लिएकी छिन् ।

अध्यक्ष पदका लागि उनले ९ सय २९ मतसहित अग्रता लिएकी हुन् । उनलाई नेकपाका उम्मेदवार विक्रम चौधरीले ७ सय ९७ मतसहित पछ्याइरहेका छन् ।

गणनामा नेपाली काँग्रेसका उम्मेदवार विजयकुमार यादवले ३ सय ६४, समाजवादी पार्टी ७ सय ५९, राप्रपा ३ सय ७, जनमत पार्टीले २ सय मत प्राप्त गरेका छन्।

प्रकाशित समय ०८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु