गृहपृष्ठ पोखरामा ढिस्कोले पुरिएर ३ जनाको मृत्यु, २ बेपत्ता

पोखरामा ढिस्कोले पुरिएर ३ जनाको मृत्यु, २ बेपत्ता

death-newskarobar सांकेति तस्बिर ।

पोखरा महानगरपालिका- २० स्थित मौजा बिसौनामा पर्खालको जग खन्ने क्रममा ढिस्कोले पुरिएर ३ जनाको मुत्यु भएको छ । अन्य दुईजना बेपत्ता छन्।

आज बिहान करिब ८:०० बजे सडकको रिटेलिङ वालको जग खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिँदा सल्यान बागचौर, पेदीखोलाका तीन जना मजदुरको मृत्यु भएको हो । पोखरा- २० का वडाध्यक्ष सिम गुरुङका अनुसार तोवन बस्नेत, खिमलाल ओली र गणेश ओलीको मुत्यु भएको  हो ।

ढिस्कोले पुरिएर सल्यानकै जोगेन्द्र बुढाथोकी र जितबहादुर बस्नेत बेपत्ता भएकाे वडाध्यक्ष गुरूङले बताए । स्थानीय र प्रहरीले तीन जनाको शव निकालेका हुन् । बाँकी दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएकाे छ । सशस्त्र प्रहरीको टोली पनि पुगेको छ ।

प्रकाशित समय ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु