गृहपृष्ठ प्रदेश १ मा सबैभन्दा बढी अपांगता मोरङमा

प्रदेश १ मा सबैभन्दा बढी अपांगता मोरङमा

apanga-mahasang-newskarobar

प्रदेश नं १ मा सबै किसिमका अपांगता भएका व्यक्तिको संख्या ९४ हजार ६४० छ । राष्ट्रिय अपांग महासंघ नेपाल प्रदेश नं १ समितिद्वारा अपांगता भएका व्यक्तिको २८औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ मा कुल जनसंख्या ४५ लाख ३४ हजार ९४३ रहेकामा अपांगता भएका व्यक्तिको संख्या २ दशमलव ०८ प्रतिशत रहेको जानकारी दिइएको छ । त्यसमा महिला ४२ हजार ६८१ र पुरुष ५१ हजार ९५९ छन् ।

अपांगता भएका व्यक्तिहरुको अधिकारलाई विश्वव्यापी रूपमा स्थापना गर्ने प्रयासका क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय अपांगता वर्षका रूपमा घोषणा गरेपछि नेपालमा पनि यो दिवस मनाउन सुरु भएको महासंघ प्रदेश नं १ समितिका अध्यक्ष पार्वता श्रेष्ठले बताइन् ।

अपांगता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, व्यक्तिगत स्वतन्त्रता र सामाजिक सुरक्षाजस्ता आधारभूत अधिकारको उपयोगमा विभेद, असमान व्यवहार र अवरोध सिर्जना हुन नहुने बताउँदै उनले पछिल्लो समयमा बनेका झन्डै ३७ कानुनमा अपांगता भएका व्यक्तिको सेवासुविधाबारे केही न केही उल्लेख गरिएकाले यसतर्फ राज्यको ध्यान जानुपर्ने बताए ।

उनका अनुसार अपांगता भएका व्यक्तिमध्ये ८१ दशमलव ४ प्रतिशतको स्वास्थ्य अवस्था अपांगता नभएका व्यक्तिको तुलनामा निकै दयनीय छ । ती ६१ प्रतिशत विभिन्न प्रकारका मानसिक स्वास्थ्यसम्बन्धी समस्याका सिकार भएको तथा २४ प्रतिशत अपांगता भएका व्यक्ति हिंसा र दुर्व्यवहारको सिकार हुने गरेको जानकारी दिए ।

प्रदेश नं १ मा शारीरिक, दृष्टि, श्रवण, दृष्टिविहीन, स्वर बोलाइ अपांगता, मनोसामाजिक अपांगता, बौद्धिक अपांगता र बहुअपांगताको तथ्यांक नियाल्दा सबैभन्दा बढी मोरङमा १७ हजार ५३, झापामा १५ हजार ३७६, ताप्लेजुङमा ३ हजार ७३० र सोलुखुम्बुमा २ हजार ६०९ छन् । (रासस)

प्रकाशित समय १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु