गृहपृष्ठ प्रतिबन्धित लागु औषध गाँजासहित एक भारतीय पक्राउ

प्रतिबन्धित लागु औषध गाँजासहित एक भारतीय पक्राउ

pakrau-arrest-newskarobar

प्रतिबन्धित लागु औषध गाँजासहित प्रहरीले लहान नगरपालिका-१ स्थित बस बिसौनीबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले सोमबार साँझ जाँच गर्ने क्रममा पाँच केजी गाँजासहित भारतको दरभंगा जिल्ला शिवराम थाना-२ निवासी ३८ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो ।

यस्तै अभद्र व्यवहार मुद्दामा फरार एक महिलालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारीबाट खटिएको गस्ती टोलीले अभद्र व्यवहार मुद्दामा फरार लक्ष्मीपुर पतारी गाउँपालिका-३ हरिनगर निवासी ५० वर्षीया अमिरती देवीलाई पक्राउ गरेको हो । आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा देवीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु