गृहपृष्ठ रूसमा पत्रकारहरूलाई विदेशी जासुस मान्ने कानुन स्वीकृत
रूसमा पत्रकारहरूलाई विदेशी जासुस मान्ने कानुन स्वीकृत
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार स्वतन्त्र पत्रकारहरू र ब्लगरहरूलाई विदेशी एजेन्ट घोषित गरिने विवादित कानुनलाई स्वीकृत गरेका छन् । आलोचकहरूले यसलाई सञ्चार स्वतन्त्रताको उल्लंघन भनेका छन् ।
संशोधित कानुनमा ब्रान्ड मिडिया संगठनहरू र एनजिओलाई विदेशी जासुस ठहर्याउन सक्ने शक्ति सरकारी अधिकारीहरूलाई दिइएको छ । रूसमा पहिलो पटक सन् २०१७ मा यस्तो कानुन ल्याइएको थियो ।
सरकारी वेबसाइटको रिपोर्टअनुसार नयाँ कानुनका आधारमा अब स्वतन्त्र पत्रकारलाई पनि एक्कासि विदेशी जासुस घोषित गर्न सकिनेछ । उनीहरू बाह्य देशबाट तलब खाएर देशको राजनीतिमा सहभागी हुने सञ्चारकर्मी मानिनेछन् । विदेशी जासुस घोषित भएपछि पत्रकारहरूले सफाइ दिनुपर्नेछ, नत्र जरिवाना लाग्नेछ ।
एमनेस्टी इन्टरनेसनल र रिपोर्टर्स विदाउट बोर्डर्ससमेत नौ संगठनहरूले नयाँ कानुन लागु भएकामा चिन्ता प्रकट गरेका छन् । उनका कहना है कि नयाँ नियममार्फत सरकारले पत्रकारहरूलाई मात्र नभएर ब्लगरहरू र इन्टरनेट प्रयोकर्तालाई पनि सहजै निसाना बनाउन सक्छ । संगठनहरूले यस कानुनले स्वतन्त्र र निष्पक्ष सञ्चारमा प्रतिबन्ध लगाएर विपक्षीको आवाज बन्द गर्ने प्रयास गर्न लागेको ६ महिनाअघि नै बताएका थिए ।
अमेरिकाले रूस समर्थित एक च्यानललाई विदेशी एजेन्ट घोषित गरेको थियो । दैनिक भास्करका अनुसार जसरी पश्चिमी देशहरूमा पत्रकारहरूलाई विदेशी जासुस घोषित गरिन्छ, यो कानुन पनि त्यसै प्रकारको भएको रूस सरकारको भनाइ छ । अमेरिकाले रूस समर्थित एक टेलिभिजन च्यानललाई विदेशी एजेन्ट घोषित गरेपछि रूसले यो कानुन ल्याएको हो ।
प्रकाशित समय १८:४४ बजे

















