गृहपृष्ठ साग महिला फुटबल : भारतसँग माल्दिप्स ५-० ले स्तब्ध

साग महिला फुटबल : भारतसँग माल्दिप्स ५-० ले स्तब्ध

mahila-football

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल प्रतियोगितामा भारतले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलबार भएको खेलमा भारतले माल्दिभ्समाथि ५–० को फराकिलो अन्तरले जित निकालेको हो ।

खेल सुरु भएको छैटौं मिनेटमै डेंगी ग्रेसको पहिलो गोलसँगै भारतले माल्दिभ्सविरुद्ध अग्रता लिएको थियो । खेलमा भारतकी एनजी बालादेवीले उत्कृष्ट प्रदर्शन गरिन् । उनले भारतलाई जित दिलाउन २ गोलको महत्वपूर्ण योगदान दिइन् ।

खेलको २६औं मिनेट र ३५औं मिनेटमा बालादेवीले गोल गरेपछि भारत महिला फुटबल टोली माल्दिभ्समाथि हावी भएको थियो । खेल अवधिभर भारत माल्दिभ्समाथि पूर्ण दबाब राख्न सफल भयो । माल्दिभ्सले पनि थुप्रै अवसर पाएपनि त्यसलाई गोलमा बदल्न भने असमर्थ रह्यो ।

डिफेन्समा कडाइ नगरी अट्याकमा उत्रिएपनि माल्दिभ्सले कुनै पनि गोल फर्काउन सकेन । खेलको दोस्रो हाप ८७ औं मिनेटमा भारतकी मनिषाले टोलीका लागि चौंथो गोल गरेकी गरिन् । उनको गोलको खुसी नसकिँदै भारतकै अर्का खेलाडी जगमानीले ८८ औं मिनेटमा पाँचौं गोल गर्दै टिमलाई अग्रता दिलाइन् ।

५–० को फराकिलो अन्तरले पछि रहेको माल्दिभ्सले अतिरिक्त ४ मिनेट थपिएको थियो । तर, अतिरिक्त समयमा पनि गोल फर्काउन नसकेपछि माल्दिभ्सले पहिलो खेलमा हार व्यहोरेको छ ।

प्रकाशित समय १८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु