गृहपृष्ठ हत्या आरोपमा सिद्धलेकका तीन जना पक्राउ

हत्या आरोपमा सिद्धलेकका तीन जना पक्राउ

pakrau-arrest-newskarobar

श्रीमतीको हत्या आरोपमा सिद्धलेक गाउँपालिका-३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उक्त गाउँपालिका-३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मंसिर १० गते हत्या गरेर सेफ्टीट्यांकीमा हालेर बेपत्ता पारिएको थियो ।

मृतक तामाङको शव शौचालयको सेफ्टीट्यांकीमा ब्ल्यांकेटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल राखिएको छ ।  घटनाको थप अनुसन्धान गरिने प्रहरीले बतायो  ।

प्रकाशित समय १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु