गृहपृष्ठ सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जनाको मृत्यु, १८ घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जनाको मृत्यु, १८ घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नंको रिजर्भ बस सुनकोसी गाउँपालिका–७ को ६ किलोमा भन्ने ठाउँमा दुर्घटना हुँदा १२ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सिन्धुपाल्चाेक प्रहरीका अनुसार कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस भक्तपुर फर्किंदै गर्दा आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन ।

घाइतेहरुको धुलीखेललगायतका अस्पताल उपचारका लागि पठाइएको जनाएको छ । प्रहरी र स्थानीय अहिले घाइते यात्रुको उद्धारमा जुटेका छन् ।

प्रकाशित समय ०९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु