गृहपृष्ठ मिस वर्ल्डमा जब फैलियो नेपालको झन्डा
मिस वर्ल्डमा जब फैलियो नेपालको झन्डा
विश्वकै बहुचर्चित सुन्दरी प्रतियोगिता– मिस वर्ल्ड, प्रमुख टेलिभिजन च्यानलदेखि विश्वभरिका सञ्चारमाध्यमको ध्यान पुग्ने ठाउँ । शनिबार लन्डनमा मिस वर्ल्डको अन्तिम स्पर्धा चलिरहँदा फैलिएको नेपालको झन्डाले धेरैको ध्यान तान्यो ।
नेपालका तर्फबाट प्रतिनिधित्व गरिरहेकी अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड २०१९ ब्युटी विथ पर्पोज’ र ‘मल्टिमिडिया विनर’मा चित्त बुझाउनु परे पनि दर्शक दीर्घामा फैलिएको नेपालको झन्डाले ध्यान आकर्षित गरेको थियो ।
लन्डनमा बसोबास गर्ने नेपालीहरूले राष्ट्रिय झन्डा उचालेका हुन्, नेपालीहरू त्यहाँ राष्ट्रिय पोशाकसहित पुगेका थिए । अन्तिम राउन्डमा प्रवेश गरेकी अनुष्काले पनि नेपालको प्रतिनिधित्व गर्दै ढाकाको पोशाक लगाएकी थिइन ।
जमैकाकी टोनी–आन सिंह बनिन मिस वर्ल्ड
मिस युनिभर्स र मिस वर्ल्ड दुवैमा अश्वेत सुन्दरीहरूले यस वर्षको ताज तिजेका छन् । मिस वर्ल्डको ६९ औं संस्करणको ताज जमैकाकी टोनी–आन सिंहले लगाएकी छिन्, उनी भारतीय मूलकी हुन् ।
महिला र बालबालिकाका लागि दिगो परिवर्तनका क्षेत्रमा आफ्नो पहल रहने जवाफले उनलाई मिस वर्ल्डको ताज जितायो । फ्लोरिडा स्टेट युनिभर्सिटीबाट स्नातक गरेकी २३ वर्षीया सिंहलाई अन्तिम राउन्डमा अहिलको मिटुको विश्व र महिलाको समानता र सम्मानका विषयमा सोधिएको प्रश्नमा उनले आफ्ना उपलब्धीका लागि सौन्दर्यका कम महत्व रहेको जवाफ दिएर ताज तिजेकी हुन् ।
‘म यस्तो परिवर्तन ल्याउन चाहन्छु, जुन दिगो होस् । यदि हामी महिलाका बारेमा कुरा गर्छौं भने हामीले उनीहरूका बालबच्चा र तिनका पनि बालबच्चाका जीवनको फरक मूल्य होस् भन्ने सुनिश्चित गर्नुपर्छ,’ ताज तिजेपछि सिंहले पत्रकारहरूसँग भनिन ।
उनलाई सन् २०१८ की मिस वर्ल्ड वनेसा पोन्सले ताज लगाइ दिएकी थिइन । यसैगरी, फर्स्ट रनरअप फ्रान्सकी अफेली मेजिनो बनिन भने सेकेन्ड रनरअपमा भारतकी सुमन राव चुनिइन् ।
प्रकाशित समय १०:१३ बजे

















