गृहपृष्ठ अरुण तेस्रो आयोजनास्थलमा बम विस्फोट

अरुण तेस्रो आयोजनास्थलमा बम विस्फोट

फ्याक्सिन्दा अरूण तेस्रोको बाँधस्थल ।

संखुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा आइतबार बिहान बम विस्फोट भएको छ । चिचिला गाउँपालिका- ३ स्थित आयोजनाको जलविद्युत गृहछेउमा विस्फोट भएको हो ।

बम विस्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको छ । कुकर बम पड्किँदा जेनेरेटर नजिकै पर्खालमा पनि क्षति पुगेको छ । घटनास्थलमा कुकरका टुक्रा भेटिएका छन् ।

घटनामा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताको संलग्न रहेको आशंका गरिएको छ । अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । जिल्ला प्रहरी प्रमुख डीएसपी मिमबहादुर लामाले  विस्फोटमा संलग्नको खोजी भइरहेको बताए ।

आयोजनाको बाँध र पावर हाउस निर्माणस्थलमा यसअघि पनि पटक-पटक विस्फोट भएको थियो ।

प्रकाशित समय १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु