गृहपृष्ठ मनाङे धरौटीमा छुटे, मिलनलाई सात दिनको म्याद

मनाङे धरौटीमा छुटे, मिलनलाई सात दिनको म्याद

क्रमश: मिलन र मनाङे ।

अखिल नेपाल फुटबल संघ (एन्फा), कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय, कास्कीले मनाङेलाई ६ हजार धरौटीमा आइतबार रिहा गरेको हो ।

रिहा हुनुअघि आजै सरकारी वकिलको कार्यालयमा मनाङेसँग बयान लिइएको थियो । उनलाई फागुन १३ गते तारेख तोकिएको छ । मनाङेले ‘ठग’ मिलन गुरुङ विरुद्धको आफ्नो लडाइ सफल भएको बताएका छन् । ‘अब एन्फाको भ्रष्टाचार बाहिर आउँछ,’ उनले भने ।

एन्फा अध्यक्ष गुरुङलाई भने थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पोखराले अनुमति दिएको छ । गत शुक्रबार पक्राउ परेका गुरुङसँग आइतबार सरकारी वकिल कार्यालयमा बयान लिइएको थियो ।

उनीविरुद्ध शुक्रबार लेकसाइडस्थित ॐ गौरा जोस्टेल होटलका सञ्चालक हरिभक्त आचार्यले बैंकिङ कसुर मुद्दामा उजुरी दर्ता गराएका थिए ।

प्रकाशित समय १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु