गृहपृष्ठ चिसोले कठ्यांग्रिएर मोरङमा एकजनाको मृत्यु

चिसोले कठ्यांग्रिएर मोरङमा एकजनाको मृत्यु

death-newskarobar

मोरङको गामथानमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ । बूढीगंगा र ग्रामथान गाउँपालिकाको सिमानामा पर्ने गिधनीयामा लागिरहेको मेला एवं महायज्ञ स्थलमै चिसोले कठ्यांग्रिर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

विभिन्न स्थानमा मागेर खाँदै हिँड्ने मानसिक सन्तुलन ठिक नरहेका मृतक पुरुष गए राति मेलामै भेटिएका थिए । मेला स्थलमै सुतेका मृतक पुरुषको अत्यधिक चिसोका कारण कठ्यांग्रिएर मृत्यु भएको प्रवक्ता थापाले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । मृतकको पहिचान हुन नसकेको उनले बताए ।

प्रकाशित समय ११:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु