गृहपृष्ठ कुकुरलाई बचाउन खोज्दा युवक आफैँ सेतीको खोँचमा खसे, खोजी कार्य जारी
कुकुरलाई बचाउन खोज्दा युवक आफैँ सेतीको खोँचमा खसे, खोजी कार्य जारी
खोजी कार्यमा प्रहरी र स्थानीय ।
कुकुर डोहोर्याएर हिँडिरहेका एक युवक चाइना पुलबाट सेती नदीमा खसेका छन् । सोमबार बिहान २३ वर्षीय आकाश गुरुङ सेतीमा खसेको स्थानीयहरुले बताएका छन् ।
स्थानीयका अनुसार कुकुर खसेपछि त्यसलाई बचाउने क्रममा उनी आफैँ लडेर सेती नदीको खोँचमा खसेका हुन् । मर्निङवाकमा निस्किएका गुरुङ सेतीमा खसेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थल पुगेको प्रहरी टोली र स्थानीयले गुरुङको खोजी गरिरहेको छ ।
प्रकाशित समय ११:४८ बजे

















