गृहपृष्ठ कोरोनाकाे महामारीले आइतबारमात्रै ९७ जनाको ज्यान गयाे

कोरोनाकाे महामारीले आइतबारमात्रै ९७ जनाको ज्यान गयाे

कोरोना भाइरसको महामारीले आइतबार मात्रै ९७ जनाको ज्यान गएको छ ।

आइतबार बिहानसम्म चीनमा ज्यान जानेको संख्या ९ सय ८ पुगेको चिनियाँ स्वास्थ्य विभागले पुष्टि गरेको छ ।

चीन बाहेक फिलिपिन्स र हङकङमा कोरोना भाइरसबाट एक/एक जनाले ज्यान गुमाएका छन् भने चीनमा एक अमेरिकी र एक जाप्नीज नागरिककको पनि मृत्यु भएको छ ।

आइतबार मात्रै २ हजार ९ सय ७३ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै हालसम्म चीनमा कोरोना भाइरस संक्रमितको संख्या ४० हजार १ सय ७१ पुगेको छ।

प्रकाशित समय ०९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु