गृहपृष्ठ सामाजिक सुरक्षा कोष र १३ अस्पतालबीच सम्झौता (सूचीसहित)
सामाजिक सुरक्षा कोष र १३ अस्पतालबीच सम्झौता (सूचीसहित)
योगदानमा आधारित सामाजिक सुरक्षा कोष र १३ अस्पतालबीच सम्झौता भएको छ । कोषमा आबद्ध हुने श्रमिकले स्वास्थ्योपचारका लागि सुविधा पाउने गरी अस्पतालहरूसँग सम्झौता भएको हो । योगदानकर्ताले उपचारका लागि सम्झौता भएका अस्पताल जाँदा कोषले उपलब्ध गराउने कार्डमात्र देखाए पुग्नेछ ।
कोषले काठमाडौंका चार र काठमाडौंबाहिरका नौ वटा अस्पतालसँग सम्झौता गरेको छ । कोषसँग सम्झौता भएका अस्पतालमा उपचारका लागि जाने योगदानकर्ताले २० प्रतिशतमात्र खर्च व्यहोर्नुपर्नेछ, बाँकी रकम कोषले व्यहोर्नेछ ।
- त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल), काठमाडौं
- हेल्पिङ हेन्ड्स अस्पताल, चाबहिल, काठमाडौं
- दीर्घायु गुरु अस्पताल, मित्रपार्क, काठमाडौं
- शंखरापुर अस्पताल, नारायणटार, काठमाडौं
- सिन्धु सदाबहार अस्पताल, खाडीचौर, सिन्धुपाल्चोक
- आम्दा अस्पताल, दमक, झापा
- सिद्धार्थ बाल तथा महिला अस्पताल, रूपन्देही
- आम्दा मेची अस्पताल, झापा
- कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज), भरतपुर, चितवन
- नेसनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, वीरगन्ज
- भरतपुर अस्पताल, चितवन
- हाम्रो अस्पताल, विराटनगर
- नारायणी अस्पताल, वीरगन्ज
कोषमा बुधबारसम्ममा ७४ जिल्लाका १२ हजार १४८ रोजगारदाता र १४५ हजार ६६३ जना योगदानकर्ता आबद्ध भइसकेका छन् भने ५९ करोड ५३ लाख १८ हजार ३८ रूपैयाँ जम्मा भइसकेको छ । कोषबाट ६ जनाले आश्रित परिवार सुरक्षा बिमा दाबी भुक्तानी पाइरहेको कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए ।



प्रकाशित समय २०:४७ बजे

















