गृहपृष्ठ हिमालयन बैंकले सेयरधनीलाई २२ प्रतिशत लाभांश पारित
हिमालयन बैंकले सेयरधनीलाई २२ प्रतिशत लाभांश पारित
हिमालयन बैंकको २७औँ साधारण सभाले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस सेयरको वितरणपश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ पुग्ने अध्यक्ष मनोजबहादुर श्रेष्ठले जानकारी गराए ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०७४/७५ को प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहक वर्गले बैंकप्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको बताए ।
अध्यक्ष श्रेष्ठले २७ वर्षदेखि सेवारत हिमालयन बैंक नेपालको वित्तीय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरे । उनले नवीन, सुरक्षित तथा स्वस्थ बैंकिङ प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पुर्याउने लक्ष्यमा बैंक सदाझैं प्रतिबद्ध रहेको बताए । बैंकले आव २०७५/७६ को अन्त्यसम्म १ खर्ब १३ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन र ९८ अर्ब २० करोड ६३ लाख कर्जा प्रवाह गरेको उनले जानकारी गराए ।
प्रकाशित समय १९:१४ बजे

















