गृहपृष्ठ अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षसहित ५ कार्यकर्ता पक्राउ

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षसहित ५ कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूह सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका काठमाडौं जिल्ला अध्यक्षसहित ५ कार्यकर्ता पक्राउ परेका छन् ।

सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकालसहित ५ जनालाई पक्राउ गरिएको काठमाडौ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जनाएका छन् । प्रहरीका अनुसार ढकालसँगै अन्य ५ कार्यकर्तासमेत पक्राउ परेका छन् ।

पक्राउ परेकामा सो संगठनको त्रिचन्द्र क्याम्पस इकाई अध्यक्ष सन्ध्या पुनमगर पनि रहेकी छन् ।  पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित समय १४:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु