गृहपृष्ठ नेपाल लाइफको बिमा शुल्क भुक्तानी अब ‘इसेवा’देखि

नेपाल लाइफको बिमा शुल्क भुक्तानी अब ‘इसेवा’देखि

नेपाल लाइफ इन्स्योरेन्सको बिमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । अनलाइनमार्फत बिमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गरेका छन् ।

अब बीमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाइल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनै पनि जोन पोइन्टमार्फत बिमा शुल्क भुक्तानी गर्न सक्नेछन् । यो सेवाबाट नेपाल लाइफका २७ लाखभन्दा बीमितहरू लाभान्वित हुनेछन् ।

नेपाल लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूआत भएसँगै इसेवा फोनपे प्रालिका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले जीवन बिमाको प्रिमियम बुझाउन काउण्टर अथवा एजेण्टसम्म पुग्नुपर्ने बाध्यतालाई सहकार्यले अन्त्य गरिदिएको बताए । ‘अबदेखि बीमितहरूले घरमै बसेर सजिलैसँग प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ,’ उनले भने ।

प्रकाशित समय १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु