गृहपृष्ठ पूर्वसभामुख महराले पाए सफाइ, आजै रिहा हुँदै
पूर्वसभामुख महराले पाए सफाइ, आजै रिहा हुँदै
पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका छन् । काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई निर्दोष ठहर गरेको हो ।
आइतबार नै मुद्दाको बहस सकिएको भए पनि फैसला आउन बाँकी थियो । त्यसका लागि उनलाई सोमबार ११ बजे प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
आफूमाथि अभियोग लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । उनलाई प्रहरीले असोज १९ गते पक्राउ गरेको थियो ।
अदालतबाट सफाइ पाएपछि महरा थुनामुक्त हुने भएका छन् । उनलाई आजै रिहा गरिने बताइएको छ ।
प्रकाशित समय १४:४७ बजे

















