गृहपृष्ठ सभामुख सापकोटासँग युरोपेली मुलुकका राजदूत तथा राष्ट्रसंघीय प्रतिनिधिद्वारा भेट

सभामुख सापकोटासँग युरोपेली मुलुकका राजदूत तथा राष्ट्रसंघीय प्रतिनिधिद्वारा भेट

सभामुख सापकोटासँग भेटवार्ताका क्रममा नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसन ।

सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदूतले भेटघाटको क्रमलाई बढाएका छन् । सभामुख सापकोटासँग सोमबार नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरी बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । भेटमा नर्वेजियन राजदूतले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगलाई नर्वेले जारी राख्ने प्रतिबद्धता जनाए ।

सोमबार नै नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबेले सभामुख सापकोटालाई भेटेर बधाई ज्ञापन गरेकी छन् । युएनडिपी प्रतिनिधि लबेले हाल नेपालमा विभिन्न २६ क्षेत्रमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यसअघि फागुन २ गते सभामुख सापकोटासँग नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलान होभोरकाले भेटेर सफल कार्यकालको शुभकामना दिएका थिए । माघ १३ गते सभामुखको शपथ लिएका सापकोटालाई निर्वाचित भएलगत्तै चीन, भारत र जापानका राजदूतले भेट गरिसकेका छन् ।

प्रकाशित समय ०७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु