गृहपृष्ठ पर्यटनमन्त्री भट्टराई र इजरायली समकक्षीबीच सीधा उडान गर्नेबारे छलफल

पर्यटनमन्त्री भट्टराई र इजरायली समकक्षीबीच सीधा उडान गर्नेबारे छलफल

yogesh-newskarobar फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र इजरायली समकक्षी यारिभ लेभिनबीच नेपाल इजरायल सीधा उडान गर्नेबारे छलफल भएको छ । इजरायली पर्यटनमन्त्री लेभिनको निमन्त्रणमा यसै साता इन्टरनेसलन मेडिटेरानियन टुरिज्म मार्केटमा सहभागी हुन तेल अभिभ पुगेका मन्त्री भट्टराई र लेभिनबीच पर्यटन प्रवर्धनसम्बन्धी विषयमा पनि छलफल भएको थियो ।

माघ २७ देखि फागुन १ गतेसम्म इजरायलमा रहेका मन्त्री भट्टराईसँग इजरायली कृषिमन्त्री जाची हानबीले पनि भेटवार्ता गरेका छन् । भेटमा मन्त्री भट्टराईले नेपालमा कृषि केन्द्रहरुको स्थापना गर्ने विषयलाई बढावा दिने सम्बन्धमा कुराकानी भएको थियो । इजरायलको व्यावसायिक कृषि खेतीप्रति नेपाली युवाको निकै आकर्षण छ ।

मन्त्री भट्टराईले इजरायलकै सबैभन्दा ठूलो कृषि प्रदर्शनी ‘अरव ओपन डे’ मा पनि सहभागिता जनाए । मन्त्री भट्टराईले इजरायलस्थित नेपाली दूतावास र नेपाल टुरिज्म बोर्डले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल इभिनिङ २०२०’ लाई सम्बोधन गरेका थिए ।

आठ दिने भ्रमणका क्रममा उनले साइप्रसमा आयोजित नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गरेका छन् । त्यहाँ उनको समकक्षी साभास परडियोसनसँग पनि भेटवार्ता भएको थियो । भेटमा दुई मन्त्रीबीच दुई पक्षीय सहकार्यका विषयमा छलफल भएको थियो ।

प्रकाशित समय ०७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु